काठमाडौं । दाङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दीपक गिरीले ४ हजार ८०८ मत प्राप्त गरेका छन्। उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी नेता कोमल वलीले ४ हजार ८३ मत लिएकी छिन् ।
गिरी वलीभन्दा ७ सय २५ मतले अघि छन् । सुरुवातीदेखि नै गिरीले आफ्नो अग्रता कायम राख्दै आइरहेका छन् ।
त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ३ (१) तर्फ नेपाली कांग्रेसका डिल्ली चौधरी अग्रता कायम राख्दै आइरहेका छन् । चौधरीले ५ हजार २६० मत प्राप्त गर्दै गर्दा उनका प्रतिद्वन्द्व नेकपा एमालेका घनश्याम पाण्डे ४ हजार १९१ मात्रै मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार चौधरी पाण्डेभन्दा १ हजार ६९ मतले अघि छन् ।
त्यस्तै प्रदेशसभा सदस्य ३ (२) मा नेकपा माओवादी नेता धनबहादुर मास्की भन्दा नेकपा एमालेका हुकुमबहादुर बस्नेत ४ सय १५ मतले पछि छन् । मास्कीले ५ हहजार ४८९ मत प्राप्त गरेका छन् भन्ने बस्नेतले ५ हजार ७४ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया