काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले अग्रता बनाएका छन् । एमालेका रानाले नेपाली कांग्रेसका रामचन्द्र पौडेल पछि परेका हुन् ।
एकबहादुर रानाले ३ हजार ३४२ मत पाएका छन् । कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् । राना र पौडेलबीच १३२ मतअन्तर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० मत पाएका छन् ।
हालसम्म ९ हजार ७५६ मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया