भूटानी शरणार्थीको घर फिर्तीका लागि पहल गर्ने

मोरङ- सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ ।

मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग आज भएको भेटघाटमा युएनएचसीआरका एशिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भूटानी शरणार्थी समस्या समाधानमा युएनएचसीआर सधैँ लागिरहेको बताए।

उनले भने, “युएनएचसीआरले लगातार प्रयास नगरेको पनि होइन, अझै पनि नेपाल र भूटानसँग कुराकानी गर्न तयार छ, फेरि कोशिस गरौँ ।”

निर्देशक रवाट्टेले तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणार्थी र शिविरमा बाँकी रहेका शरणार्थीको छुटेका परिवारलाई एक ठाउँ ल्याउनेतर्फ युएनएचसीआरले पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?