काठमाडौंकाे १ र ४ मा कांग्रेस विजयी, अरु क्षेत्रमा कसको अवस्था कस्तो ?

लोकपथ
343
Shares

काठमाडौं । काठमाडौंका १० निर्वाचन क्षेत्र मध्य २ वटा क्षेत्रको मत गणना सकिएको छ । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र काठमाडौं-४ मा गगन कुमार थापाले जित हात पारिसकेका छन् ।

हाल काठमाडौंका ८ निर्वाचन क्षेत्रमा मत गणना जारी रहेको छ । जसमा ४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी ले अग्रता बनाएको छ भने नेपाली कांग्रेसले ३ स्थानमा अग्रता बनाएको छ भने नेकपा एमालेले एक स्थानमा अग्रता बनाएको छ ।

कुन क्षेत्रमा कसको अवस्था कस्तो ?

काठमाडौं- १

काठमाडौं क्षेत्र नम्बर १मा नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंह निर्वाचित भएका छन् । उनले ७ हजार १ सय ४३ मत प्राप्त गर्दा उनका प्रतिशपर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन्द्र मिश्रले ७ हजार १८ मत मा चित्त बुझाए ।

काठमाडौं -२

त्यस्तै काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम अग्र स्थानमा रहेकी छिन् । उनले ७ हजार १ सय ८६ मत प्राप्त गर्दा उनलाई राप्रपाकी कुन्ती देवी पोखरेलले ५०५० मतसहित पच्छ्याइरहेकी छिन् । एमालेका मणिराम फुयालले ४७५९ मत ल्याएका छन् । माओवादीकी ओनसरी घर्तीले ३९५४ मत पाएकी छिन् ।

काठमाडौं-३

काठमाडौं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे ७८३८ मत सहित अग्र स्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका कृष्णबहादुर राईले ६ हजार ५१ मत सहित पच्छ्याइरहेका छन् ।

काठमाडौं-४

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन कुमार थापा निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ५ सय ५५ मतमा चित्त बुझाए । त्यस्तै राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाएका छन् ।

काठमाडौं-५

काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले ८ हजार २ सय २० मतसहित अग्र स्थानमा छन् । पौडेललाई नेकपा एमालेका इश्वर पोखरेलले ५ हजार ६ सय ८२ मतसहित पच्छ्याइरहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रणय शम्शेर राणाले २९४५ मत प्राप्त गरेका छन् ।

काठमाडौं-६

काठमाडौं ५मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता बनाएका छन् । उनले ४ हजार ८८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भिमसेन दास प्रधानले २ हजार ६ सय ८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ३ सय ७१ मत पाएका छन् ।

काठमाडौं-७

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३ हजार ४ सय ४५ मत पाएका छन् भने उनलाई नेकपा एमालेका श्याम कुमार घिमिरेले ३ हजार ३ सय ५४ मतले पच्छ्याइरहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराईले २ हजार ७ सय २ मत पाएकी छिन् ।

काठमाडौं-८

काठमाडौं ८मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार विराज भक्त श्रेष्ठले ३ हजार १ सय ९ मत पाएर अग्र स्थानमा रहेका छन् । त्यस्तै हाम्रो नेपाल पार्टीमा सुमन सायमीले ४ हजार ६ सय १३ मत पाएका छन् । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २ हजार ४सय १ मत पाएका छन् भने एमालेका शिव सुन्दर राजवैद्यले २ हजार ३ सय ४७ मत पाएका छन् ।

काठमाडौं-९
काठमाडौं ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले फराकिलो अग्रता बनाएका छन् । उनले १० हजार ९ सय ४९ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बाहादुर पोखरेलले ९ हजार ७ सय ९८ मत ल्याएका छन् । त्यस्तै माओवादीकी कल्पना धमलाले ५८५२ मत ल्याएकी छिन् ।

काठमाडौं-१०

काठमाडौं १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी ले ६ हजार ६ मत सहित अग्र स्थानमा रहेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्टले ४ हजार १ सय ३१ मत पाएका छन् । एमालेका हिमेस केसीले ३ हजार ६ सय २ मत पाएका छन् भने माओवादीकी अन्जना विशंखेले २ हजार २ सय ४ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?