काठमाडौं। काठमाडौं क्षेत्र नं ९ मा जारी मतगणनामा बिहान ७ः२५ बजेसम्म प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णगोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा छन् ।
एक हजार ६१ मतले दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले सात हजार सात सय ७४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कल्पना धमलाले चार हजार आठ सय ३२ मत प्राप्त गरेकी छन् । निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार पछिल्लो मतगणनासम्म ३१ हजार सात सय ७२ मतगणना भएकामा एक हजार तीन सय आठ मत बदर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया