भक्तपुर । घुस लिएको आरोपमा प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । उनले रूट परमिट कागजको भित्र नगद २ सय राखी घुस दिएको आरोपमा पक्राउ परेको हो ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालीका ३ गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना ५ ख ७१८१ नम्बरको ट्रक चालकले २ सय घुस लिएको आरोपमा पक्राउ परेको हो ।
ट्रक र निज चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
यसैगरी, नयाँबानेश्वरमा प्रहरीलाई घुस दिएको आरोपमा मिनिट्रकका चालक जित बहादुर तामाङ पक्राउ गरेका छन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुद्धनगरमा चेकजाँच गर्ने क्रममा गिट्टी बोकेको बा २ ख ८१२९ नम्बरको मिनिट्रकका चालक तामाङको साथमा कागजपत्र नभएकोले प्रहरीलाई नगद १ हजार घुस दिएको आरोपमा उनलाई पक्राउ गरेको हो ।
निजलाई उक्त सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया