नक्कली मसला र स्याम्पू उत्पादन गरी बिक्री गर्ने पक्राउ

काठमाडौं । नक्कली स्याम्पु र मसला उत्पादन गरी विक्री गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

धादिङ्ग जिल्ला धार्के स्थायी ठेगाना भई हाल काठमाडौं नैकाप बस्ने बासु प्रसाद विडारी र उनकी श्रीमती ज्योती विडारीलाई  गैरकानूनी रुपमा ‘ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रीज’को नाममा भारतीय ब्राण्डको बिएमसी मिट मसला र ‘हेड एण्ड सोल्जर’ स्याम्पू उत्पादन गरी बजारमा बिक्री गर्दै आएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

गैरकानूनी रुपमा मसला तथा स्याम्पु उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गरी ३ थान मेसिन शिलबन्दी गर्नुका साथै ४४ कार्टुन बिएमसी मिट मसला, ११ बोरा मसलाको कच्चा पदार्थ धुलो बिएमसी मसला प्याक गर्ने प्लास्टिक प्रिन्टेड रोल ११ वण्डल, प्लास्टिक रोल ५ वण्डल, तयारी मसला ठूला कार्टुन खाली २५० थान, तयारी स्याम्पू ३७० बक्स, स्याम्पू कच्चा पदार्थ २ बाल्टिन, खाली ड्रम २० थान  मेशिल ठूला ३ थान लगायतका सामान बरामद गरेको छ । 

गैर कानूनी धन्दाका सञ्चालक बासु प्रसाद विडारी र निजको श्रीमती ज्योति विडारीलाई आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिई कालोबजारी, कपी राइट तथा राजश्व छली सम्बन्धिमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?