काठमाडौं । तिहारको मौका छोपि राजधानीका ६ स्थानमा भएको श्रृङखलावद्ध चोरी घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले बुधवार एक ट्याक्सी चालकलाई मछिन्द्रवहालबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने रामेछाप दोरम्वा गौश्वरा घरभइ हाल काठमाडौं बस्दै आएका सुदिप तामाङको नामले परिचित २९ वर्षीय गंगबहादर मगर रहेका छन् । उनले बा २ ज ३३४३ नम्वरको ट्याक्सी चलाउँदै आएका छन् ।
अभियुक्त गंगबहादुरले विहानको समय तथा साँझ घरमा कोही नभएको मौकाछोपि घरकोठा तथा सटर र पसल फुटाइ चोरी गर्ने गरेको जानकारी परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले दिएका हुन् ।
यही महिनाको १० गते राति मखनस्थित मीनराज घिमिरेको कस्मेटीक पसल, २६ गते असनस्थित मेघराज दुलालको कस्मेटीक पसल, त्यसको केही हप्ता अगाडि असनमै रहेको इब्राम खानको चुरापसल र इफ्रान खानको कस्मेटीक पसल चोरी घटनामा मगरको संलग्नता देखिएको थियो ।
असन–इन्द्रचोकक्षेत्रका कस्मेटीक पसल, चुरा पसल र ओमवहालक्षेत्रका घरकोठा गरी आठवटा स्थानमा भएको चोरी घटनामा आफ्नो संलग्नता रहेको कुरा स्वयम् अभियुक्त मगरले स्वीकारेका हुन् । प्रहरीले आज पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।
यसअघि पनि २०६८ सालमा चोरी मुद्दामा जेल सजाय भुक्तान गरी छुटेका मगरले रात्रिकालिन ट्याक्सी चलाउने क्रममा घर, सटर तथा पसलमाथि निगरानी राखी विभिन्न उपकरण प्रयोग गरी ताला तथा सटर फोडी चोरी गर्ने गरेको भनाई प्रहरीको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया