काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।
मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
यसअघि पनि सिंहले मिश्रलाई पराजित गरेका थिए । अघिल्लो निर्वाचनमा भन्दा सिंहले मतान्तर भने घटाएका छन् । सोही क्षेत्रबाट मानसिंहले ४ पटक संसदीय निर्वाचन जितिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया