मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

लोकपथ
126
Shares

काठमाडौं । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले एमालेका पाल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् ।

टेकबहादुरले २ हजार ५ सय ७५ मत प्राप्त गर्दा एमालेका पाल्देनले २ हजार २ सय ४७ मत प्राप्त गरेको मनाङका मूख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले लोकपथलाई जानकारी दिए ।

त्यस्तै, मनाङको प्रदेश ‘क’ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?