सिन्धुपाल्चोकका दुवै क्षेत्रको मतगणना शुरू

लोकपथ
245
Shares

काठमाडौं । सिन्धुपाल्चोकका दुवै क्षेत्रको मतगणना शुरू भएको छ । जिल्लाका सहायक निर्वाचन प्रमुख राजेन्द्रप्रसाद वाग्लेका अनुसार दुवै क्षेत्रको मतगणना शुरू भएको हो ।

मतगणना कसरी शुरु गर्ने भन्ने बारे सोमबार दिउँसो सर्वदलीय बैठक बसेको थियो । बैठकले प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना एकैपटक गर्ने निर्णय गरेको थियो । साथै, प्रत्येक वडाको बेग्लाबेग्लै मतगणना गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?