काठमाडौं । मत सदर र बदरको बिषयलाई लिएर विवाद उत्पन्न हुँदा रुपन्देही क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः शुचारु भएको छ । विवाद उत्पन्न भएपछि झण्डै तीन घण्टा प्रभावित भएको मतगणना पुनः शुरु भएको हो ।
रुपन्देही ४ मा खटिएका निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले लोकपथसँगको कुराकानीमा बताएअनुसार फरक मतपेटिकामा फरक मत देखिएकोले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद भएको थियो ।
हाल उक्त विवाद समाधान भइसकेको र मतगणनाको कार्यले निरन्तरता पाएको आचार्यले जानकारी दिए । उनले पौने ९ बजे सम्ममा सो क्षेत्रमा ४ हजार ८ सय बढी मत गणना भइसकेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया