मुस्ताङको प्रदेश (ख) मा पनि कांग्रेस विजयी

लोकपथ
0
Shares

काठमाडौं । मुस्ताङको प्रदेश ख मा कांग्रेसका बिकल शेरचन विजयी भएका छन् । शेरचनले एमालेका चन्द्र मोहन गौचनलाई १५८ मतान्तरले पराजित गरेका हुन् ।

शेरचनले २ हजार ७२३ मत ल्याउँदा गौचनले २ हजार ५६५ मतमै सिमित भएको मूख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले लोकपथलाई जानकारी दिए ।

मुस्ताङ प्रदेश सभा ख मा ७ हजार ४ सय १६ मतदाता थिए । जसमध्ये ५ हजार ४०१ मत खसेको थियो ।

यसअघि प्रतिनिधि सभा र प्रदेश क मा कांग्रेस विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?