काठमाडौं । सिन्धुपाल्चोकमा साँझ ७ बजेबाट मतगणना शुरु हुने भएको छ । भर्खरै सर्वदलीय बैठक सकिएकाले अब मतगणनको तयारी शुरु गरिएको मूख्य निर्वाचन अधिकृत विदुर कोइरालाले लोकपथलाई जानकारी दिए ।
सर्वदलीय बैठकमा प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक दुवैको मतगणना गर्ने सहमति भएको उनले बताए । ‘हामीले चाहिँ पहिला प्रत्यक्ष सकेर समानुपातिकको गणना सुरु गर्ने अठोट गरेका थियौँ,’ कोइरालाले लोकपथसँग भने, ‘सर्वदलीय बैठकले प्रत्यक्ष र समानुपातिकको एकैपटक सुरु गर्ने निर्णय भएकाले सोही अनुसार गर्न व्यवस्थापन गर्दैछौँ ।’
साथै, प्रत्येक वडाको बेग्लाबेग्लै मतगणना गर्नेसमेत बैठकले निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया