नवलपरासी पुर्वको देवचुलीमा मतदान शुरु

लोकपथ
21
Shares

नवलपुर । नवलपरासी पुर्वको देवचुली नगरपालिका-४ मा आइतबार स्थगित मतदान आज (सोमबार) शुरु भएको छ ।

समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि देवचुली नगरपालिका वडा नम्बर ४ को शान्ति श्रृजना आधारभुत विद्यालय झाक्रेमा आइतबार मतदान रद्द गरिएको थियो ।

स्थानीय नारायण भण्डारीले मतदान केन्द्रको प्रदेशतर्फको समानुपातिक मतपेटिका जलाएपछि आइतवार केही समय मतदान कार्य स्थगित भएको थियो ।

कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?