काठमाडौं । नेपाल प्रहरी संगठनको इतिहासमा पहिलो पटक एक महिला विशिष्ट श्रेणी एआइजी (प्रहरी अतिरिक्त महानिरीक्षक ) मा पुग्न सफल भएकी छन् ।
नेपाल प्रहरीको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा प्रहरी संगठनको प्राविधिक सेवातर्फ एआइजीमा बढुवा भएको हुन ।
यसअघि प्रहरीको जनपद सेवातर्फमा विमला थापा र पार्वती थापा डिआइजी ( नायव महानिरीक्षक ) बाट अवकास लिएका थिए ।
तत्कालिन डिआइजी पार्वती थापा महानिरीक्षकको दावेदार समेत थिइन । तर, महिला भएकै कारण पावैतीलाई माइनस गरी उनी भन्दा जुनियर उपेन्द्रकान्त अर्याललाई आइजीपी बनाइएको थियो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलवार साँझ आयोजित कार्यक्रममा डा. थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार मन्त्रीपरिषदको यही कात्तिक २५ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षक (डिआइजी) थापालाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति गर्ने निर्णय गरेको थियो ।
उनले प्रहरी अस्पतालको प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु छिन् । त्यस अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नतिपछिको जिम्मेवारी महत्वपूर्ण हुने भएकोले अस्पतालको व्यवस्थापन र सेवा स्तरोन्नतिमा अग्रसर हुन निर्देशन दिए ।
नेपाल प्रहरी अस्पताल नेपालमै रहेका अस्पताल मध्ये राम्रो र नमूना अस्पताल भएको चर्चा गर्दै खनालले नेपाल सरकार तथा संगठनले लिएको नीतिलाई अक्षरस कार्यान्वयन गर्दै पारदर्शी रुपमा अस्पतालको कार्यसम्पादन हुने विश्वास समेत व्यक्त गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले अस्पताललाई आधुनिक, अनुशासित तथा अस्पतालमा कार्यरत कर्मचारीहरुको मनोबल उच्च राखी सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन ।
यसअघिका प्रहरी अस्पताल प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेलले सेवाअवधिका कारण अवकास लिएपछि रिक्त रहेको उक्त पदमा डा. थापालाई पदोन्नति गर्ने निर्णय गरिएको थियो । डा. पोखरेल नेपाल प्रहरीको निमित्त आइजीपी समेत बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया