काठमाडौं । प्रदेश नम्बर ७ का सामाजिक विकासमन्त्री बर्खास्तीमा परेका छन् ।
पार्टीको निर्देशन नमानेको, पदीय मर्यादा कायम नराखेको लगायतका आरोपमा तत्कालिन एमालेको तर्फबाट मन्त्रीबाट बनेका मन्त्री दीर्घबहादुर सोडारी बर्खास्तीमा परेका हुन् ।
नेकपाका ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको सिफारिसमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट हटाएको बताइएको छ ।
यसबारे नेकपा प्रदेश नम्बर ७ ले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया