कोहलपुरमा गस्तीमा रहेको सेनाको पिक अप भ्यान दुर्घटना

लोकपथ
189
Shares

बाँके । बाँकेको कोहलपुरमा गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३-०१-००२ झ ५११२ नम्बरको पिक अप भ्यान सम्झना चोक बाट कोहलपुरतर्फ जाँदै गर्दा कोहलपुर ४ स्थित किरणनालामा अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा मानवीय क्षति नभएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?