नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी,एक जना पक्राउ

लोकपथ
175
Shares

नवलपुर । नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।

सो मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?