दोलखाको कालपानी मतदानस्थलमा गोली चल्यो, एक प्रहरी घाइते

लोकपथ
266
Shares

चरिकोट । दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको छ । दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान स्थगित भएको छ ।

एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १५ राउन्ड गोली र ३ राउण्ड हवाइ फायर गरेको छ ।
प्रहरीमाथि दलका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेको र झडपका क्रममा एक प्रहरी जवान घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले मतदान रोकिएको र मतदानका लागि वार्ता भइरहेको छ भने मतदानस्थलमा नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?