आज छठ पर्वको मुख्य दिन, यसरी सजियो काठमाडौंको गौरीघाट [फोटो फिचर]

काठमाडौं । छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि भएको छ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ । मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ ।

काठमाडौंको गौरीघाटमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । रानी पोखरी भूकम्पले ध्वस्त भएपछि यस वर्ष छठ पर्व गौरीघाटमा मनाउन लागिएको हो । 

विशेषगरी नेपालको तराई क्षेत्रमा धुमधामका साथ मनाईने यो पर्व राजधानी काठमाडौं र देशका मुख्यमुख्य सहरमा पनि धुमधामका साथ मनाउन शुरु गरिएको छ । 

तस्वीरः सरोज घिमिरे

यो पनि हेर्नुहोसः 

सूर्यदेवको आराधना गरी मनाइँदै छठ, यस्तो छ व्रतविधि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?