हुम्लाको चङ्खेलीमा वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप, असई घाइते

लोकपथ
245
Shares

सुर्खेत । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मदतान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एक जना असई घाइते भएका छन् ।

घाइते हुनेमा सहायक निरीक्षक (असई) राम कुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।

वारेसनामा भोट हाल्न नदिएको भन्र्दै झडप भएको थियो । उनका अनुसार झडपलाई नियन्त्रण गर्नमा लागि अहिले मतदान रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?