काठमाडौं । पूर्वमन्त्री एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का सत्तँ गठबन्धनका साझा उम्मेदवार घनश्याम भुसालले मतदान गरेका छन् ।
उनले तिलोत्तमा वडा नं ९ को गौतमबुद्ध आधारभुत विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको संवैधानिक व्यवस्थाले पनि कुनै न कुनै अर्थमा गठबन्धनको माग गर्ने बताए ।
नेता भुसालले चुनावपछि आउने सरकारले शिक्षा, स्वास्थ्य, विदेश नीति लगायतमा साझा कार्यक्रम बनाउनु पर्ने बताए । उनले निर्वाचनले लोकतन्त्रको अभ्यास र पक्रियालाई समृद्ध पार्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया