काठमाडौं । पाल्पाको तानसेन नगरपालिका-६ स्थित जनप्रिय माविमा रहेको मतदान केन्द्रमा पुनः मतदान शुरु भएको छ । बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको हो ।
६८ मत खसिसकेपछिमात्रै समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो ।
त्यसपछि विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया