प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

लोकपथ
63
Shares

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

सोमबार प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?