मोरङमा बाबुबाट छोरी बलात्कृत

मोरङ । मोरङमा बाबुबाट छोरी बलात्कृत भएकी छन् । 

मोरङ कानेपोखरी गाउँपालिका ५ का ३९ वर्षका बाबुले १४ वर्षकी छोरीलाई बलात्कार गरेको  आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरीले जानकारी दिए । उनले श्रीमती माइत गएको बेला छोरीलाई जबरजस्ती करणी गरेको खुलेको प्रहरी निरीक्षक कमल बजगाईले बताए । 

उनका अनुसार किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि १३ दिनपछि कात्तिक २० गते प्रहरीले बाबुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ ।

पीडित बालिकाले उक्त घटना हजुरआमालाई सुनाएपछि हजुरआमाले प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?