गुलरिया । बर्दियामा भारतीय नागरिकबाट ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बाख्रा चराउन जंगल गएको बेला बढैयाताल–८ की ११ वर्षीया बालिका दुई जना भारतीय नागरिकबाट बलात्कृत भएकी हुन् ।
एसपी मोहनप्रसाद मैनालीका अनुसार बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको छ ।
बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको उनले बताए ।
पक्राउ परेका उनीहरुले बलात्कार गरेको स्वकार गरेको र आवश्यक कारबही अगाडी बढाइएको एसपी मैनालीले जानकारी दिएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको बर्दिया प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया