काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको असइ हुँ भन्दै ठगि गर्दै हिड्ने नारायण बिक पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक चौतारा सागांचोक नगरपालिका वडा नं. ६ गौराती घर भई हाल ललितपुर चापागाँउ बस्ने दिपेन्द्र अधिकारी भन्ने नारायण बि.क.लाई काठमाडौं महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीको टोलीले ललिपुर गोदावरी नगरपालिका वडा नंं. ११ चापागाँउबाट पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीका लागि मकाउ पठाउने भन्दै एजेण्ट खुश्बु गुरुङले कृष्ण चौधरीबाट पैसा असुर गरेको थियो । तर, गुरुङले चौधरीलाई मकाउ पठाउन सकेको थिएन । चौधरीको पैसा उठानका लागि बिकले गुरुङलाई ‘म महानगरीय प्रहरी अपराध महाशाखाको असई हुँ कार्यालयमा गए तपाईलाई थुनामा राख्नु पर्ने हुन्छ, म सबै केश मिलाई दिन्छु भनि धम्क्याई खुश्बु गुरुङबाट नगद दश लाख (१००,०००) असुल गरेको थियो ।’ तर, पीडित कृष्ण चौधरीलाई पैसा नदिई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नगद १६ हजार, मतदाता परिचय पत्र र एनसेल, एनटिसीको सिमकार्ड समेत बरामद गरेको थियो ।
उनलाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २१ को ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहिको लागी महानगरिय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया