रोकिएन बलात्कारका घटना, ‘बर्थ डे’ पार्टीमा गएका दुई युवती बलात्कृत

लहान । सिरहाको लहान नगरपालिका ११ भोटिया टोलमा जन्म दिन पार्टीको बहानामा बोलाइएका १५ वर्षीया बालिका र २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएका छन् ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राती जन्म दिनको पार्टीको बहानामा घरबाट बोलाएर भोटिया टोलमा सामूहिक बलात्कार भएको हो । सिरहाको लक्ष्मीपुर पतारीकी युवती र सिसवनीकी बालिकालाई भोटिया टोलस्थित घरमा ल्याएर सात जनाको समूहले बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

सामान्य चिनजान रहेका बालिका र युवतीलाई लहान ११ भोटिया टोलका हरि चौधरीले ‘मेरो बर्थ डे परेकाले घरमा जाऔं’ भन्दै दुवै जनालाई मोटरसाइकलमा भोटिया टोलस्थित घरमा ल्याएपछि

सामूहिक बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यसको केही समयपछि अन्य पाँच जना युवाहरु समेत आएर सात जनाको समूहले सामूहिक बलात्कार गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले सामूहिक बलात्कारमा संलग्न भई फरार रहेकाह?को खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।

सामूहिक बलात्कारमा लहान ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?