रौतहट । रौतहटको कटहरिया नगरपालिका वडानम्बर ४ स्थित हर्षाहा गाँउका ४ वटा घरमा चोरी भएको छ ।
शनिवार राती चोरहरुले सुरुङ खनेर नगद, गरगहना, लत्ताकपडा गरी १३ लाख बढिको धनमाल चोरेर लगेका हुन् ।
स्थानीय जगत यादवको घरबाट ५० हजार नगद, एक थान ल्यापटप र छठ पर्वका लागि खरीद गरीएको ३२ हजार बराबरको कपडा चोरेर लगेको पीडित परिवारले जनाएको छ ।
त्यसैगरी स्थानिय मनोज यादवको घरबाट १० हजार नगद, एक थान सामसुङ कम्पनीको मोबाइल सेट तथा ६ लाख बराबरको १० तोला सुनका गहना चोरका छन् ।
त्यस्तै फेँकुदाशको घरबाट एकथान सामसुंग कम्पनीको मोबाईल,नगद तथा गरगहना गरी तीनलाख बराबरको धनमाल चोरी भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई आमोद कुमार यादवले जानकारी दिए ।
बिरेन्द्र चौरसीयाको घरबाट नगद तथा गरगहना गरी एकलाख ५० हजार समेत गरेर १३ लाख बढिको धनमाल चोरेर लगेको सई यादवले बताए ।
चोर समुहले चारवटै घरमा सुरुङ खनेर घर भित्रका टिनका बाक्सा बाहिर ल्याएर महंगा सामानहरु चोरेर लगेको पीडितहरुले बताएका छन् ।
घटना बारे आवशयक अनुसंधान तथा चोरसमुहको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया