नागढुंगा–धुलिखेल मेट्रो: ४ कम्पनीको प्रस्ताव अध्ययन गर्दै लगानी बोर्ड

काठमाडौं । नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि पेश भएको ४ कम्पनीको प्रस्ताव लगानी बोर्डले अध्ययन शुरु गरेको छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन बोर्डले ग्लोवल टेण्डर आह्वान गरी आशयपत्र माग गरेको थियो ।

गत जेठ ३ गते जारी बोलपत्र आह्वानपछि आशयपत्र परेका २३ कम्पनी मध्ये ६ कम्पनीलाई छनौट गरी प्राविधिक र आर्थिक प्रस्तावसहित ३० दिनभित्र पेश गर्न आग्रह गरेको थियो ।

भदौ २८ गते प्रस्तावसहित आउन आग्रह गर्दा ४ कम्पनीले तोकिएको समयभित्र उक्त प्रस्ताव बोर्डलाई बुझाएको बोर्डका इन्जिनियर आशिष गजुरेलले जानकारी दिए ।

सोही प्रस्ताव कै आधारमा ४ कम्पनी मध्ये १ कम्पनी मात्रै छनौट गर्नु पर्ने भएकोले सुक्ष्म ढंगले अध्ययन र मुल्यांकन भइरहेको बोर्डका इन्जिनियर गजुरेलको भनाई छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?