झापा । दमक नगरपालिकाले फाल्गुनन्द जयन्तीको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्द लिङ्देनको हरेक वर्ष कात्तिक २५ गते किराँत सङ्घसंस्थाले फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । वि.सं. २००५ चैत २२ गते फाल्गुनन्दको निधन भएको थियो ।
यही अवसरमा नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिए । साथै ताप्लेजुङको फत्तालुङ गाउँपालिकाले पनि फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने गरेको दमक नगरपालिकाले जानकारी दिए ।
उनलाई सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको कोखबाट साहिँला छोराका रूपमा फाल्गुनन्दको जन्म भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया