धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको स्कारपियो जीप कैलालीको बडैपुरमा दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
उक्त जीपमा मन्त्री भने सवार थिएनन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको बडैपुर सडक खण्डमा बा२झ ३१२५ नं को स्कारपियो जिप र से३प २४२० नं को मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।
दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको प्रहरी नायब उपरीक्षक ओलीले बताए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया