काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले गुप्ताविरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजश्व चुहावट गरेको अभियोग लगाएको छ । विभागले ३ करोड ८० लाख ५९ हजार ५२६ रुपैयाँ बराबरको बिगो दावी गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा यही कात्तिक १८ गते मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया