संशोधनवादकाविरुद्ध नलडीकन मुक्ति प्राप्त हुनसक्दैन : मोहन वैद्य

लोकपथ
14
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातिय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएकाछन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादविरुद्ध लडेर संघर्ष गर्दापनि वर्गीय, जातिय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताएका हुन् । उनले जातिय,वर्गिय मुक्तिका निम्ति संघर्ष गर्न जरुरी रहेको उल्लेख गरे ।

सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवाद, पहाडीया शोषणवादका विरुद्ध लड्दै गर्दा संशोधनवादका विरुद्ध पनि लड्न अत्यावश्यक रहेको उनले बताए । संशोधनवाद सबै क्षेत्रमा फैलिसकेको उल्लेख गर्दै संशोधनवादकाविरुद्ध नलडीकन मुक्ति हुन प्राप्त हुन नसक्ने बताए । उनले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने नसोच्न आग्रह गर्दै अझै क्रान्ति पूर्ण रुपमा पूरा हुन नसकेको जिकिर गरे ।

महासचिव वैद्यले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गरी साम्यवादको प्राप्तिको निम्ति दृढतापूर्वक अघि बढ्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?