पशुपति दर्शन गर्न आएका भारतीय चढेको बस नवलपरासीमा दुर्घटना, चालकसहित २२ जना घाइते

लोकपथ
35
Shares

काठमाडौं । नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन् ।

भारतको गुजरातबाट पशुपति दर्शनको लागी काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो ।

घाइतेहरूलाई उपचारको लागी भरतपुर चितवन तर्फ पठाईएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?