काठमाडौं । भक्तपुर र नवलपरासी (पूर्व)बाट प्रहरीले अवैध लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ६ सय ट्याब्लेटसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्द छन् ।
उनलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी(पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट नियन्त्रित लागुऔषध नुर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र डाईजेपाम २३ एम्पुलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–४ बस्ने २८ वर्षीय बम बहादुर क्षेत्री छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले ना.६१ प १३४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक क्षेत्रीलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया