उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

लोकपथ
21
Shares
c:tfpFbf] ;”o{sf] cf/fwgf 6ªsLl;gjf/L, !# sflQs . 57 kj{sf] d’Vo lbg cyf{t sflt{s z’Sn ifi7Ldf cfOtaf/ lj/f6gu/–! sf] l;+l3of gbLdf kfgLdf 8’a]/ j|tfn’x¿n] c:tfpFbf] ;”o{sf] k”hf cf/fwgf u/L b”w / kfgLsf] c3{ lbFb} . gbL, hnfzo, kf]v/L, tfnsf] lsgf/df 57 3f6sf] lgdf{0f u/L 57 kj{ dgfpg] rng 5 . 57 kj{ dgfpFbf kfl/jfl/s sNof0f, ;d[l4 / dgf]sfdgf k”0f{ x’g] hgljZjf; 5 . tl:a/ M cg’h ;fksf]6f, /f;;

काठमाडौं । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ । चतुर्थीदेखि सुरु भइ षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

काठमाडौंको कमलपोखरी, थापाथली, कुपण्डोल, गुह्वेश्वरी, गौरीघाट, नख्खुलगायतका स्थानमा व्रतालुहरुले निर्माण गरिएको छठ घाटमा आइतवार जागा भइ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

साथै, आज जनकपुरधाम, वीरगञ्जलगायत तराईका विभिन्न स्थानमा उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको समापन गरिएको छ । व्रतालुले नदी, तलाउ तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्य नारायणलाई अघ्र्य दिने गर्दछन् ।

अर्घ्यमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने प्रचलन रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ । वैज्ञानिक र ज्योतिषी तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?