कालिकोटमा बम विष्फोट : १ जनाको मृत्यु, ४ जना घाइते

लोकपथ
98
Shares

काठमाडाैं । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट भएको छ । बम विष्फोटमा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।
प्रहरीले विष्फोट बारे थप अनुसन्धान गरिरहेको बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?