काठमाडौंको रिसोर्टमा जुवा, १८ जना पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । काठमाडौंको एक रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् ।

नागार्जुन नगरपालिका–७ मा रहेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई जुवा र कौडा खेलिरहेको अवस्था फेला परेको थियो । उनीहरूको साथबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ नगद, १५ बुक तास र १६ थान कौडा बरामद गरेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?