सधैं जनता झुक्याउने भयबाट क्षेत्र जोगाउँछु : पोख्रेल

लोकपथ
63
Shares

काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं २ की उम्मेदवार कुन्ती पोख्रेलले जसरी दिदी बहिनीले दाजु–भाइलाई तिहारमा टिकालगाउँदा यमभयबाट जोगाउने कामना गर्दछन् त्यसैगरी बाहिरबाट आएर जनता झुक्याउने भयबाट क्षेत्र आफूले जोगउने बताइन् ।

उनले आज बिहीवार बानेश्वरमा आयोजित भाइटिकाको शुभकामना आदनप्रदान तथा देउसीभैलो कार्यक्रममा यस्तो बताएकी हुन् । उनले जसरी दिदी–बहिनीले धर्मराजका वरप्रसादले दाजुभाइलाई सुदीर्घ आयु, धनसम्पत्ति, यशकीर्ति आदि सुखदायक कुरा सही समयमा सही निर्णय क्षमताको विकास होस् भनी कामना गरिएको हुन्छ, त्यसैगरी आगामी निर्वाचनमा यहाँका जनतालाई उचित समयमा सही नेतृत्व छनोट गर्न सुझाइन् ।

कार्यक्रममा स्थानीयलाई उद्रित गर्दै ‘यदि यो निर्वाचनमा पनि तपाईंहरु ‘टुरिष्ट’ उम्मेदवारको प्रलोभनमा परेर झुक्किनुभयो भने पाँच वर्ष फेरि पछुताउनुपर्ने छ,’ पाख्रेलले भनिन् । उनले यस क्षेत्रबाट पटक–पटक चुनाव जितेर पदमा पुग्दा पनि जनताको काम गर्ने अनि चुनावका बेला मीठामीठा सपना बाड्नेप्रति जनता बेलैमा सचेत हुन आग्रह गरिन् ।

उनले बाहिरबाट आएर सधैं यस क्षेत्रका जनता झुक्याउने गरेकाकोप्रति आक्रोश पोख्दै अब झुक्किन नदिने जिम्मा आफूले लिएको ठोकुवा गरिन् । ‘त्यसको लागि मलाई यस क्षेत्रका नागरिकहरुको साथ, सहयोग र सद्भाव चाहिन्छ,’ पोख्रेलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?