ट्याक्टर दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु

लोकपथ
28
Shares

काठमाडौं । सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको ज्यान गएको छ । भित्रि सडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ जाँदैै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर नगरपालिका ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थमै मृत्यु भएको हो ।

छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा लैजाँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यापिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्बरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लैजाने तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?