काठमाडौं । कार्तिक ६ गते आइतवार गोरखा जिल्ला अस्पतालमा कार्यरत नेपाल चिकित्सक संघका आजीवन सदस्य डाक्टर अविनाश पराजुलीमाथी गरिएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले घोर भत्र्सना र निन्दा व्यक्त प्रकट गरेको छ । बहिरंग विभागमा विरामी हेरिरहेको अवस्थामा डाक्टर पराजुलीमाथी शारीरिक हातपात गरिएको भन्दै संघले निन्दा प्रकट गरेको हो ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको अवस्थामा चिकित्सकमाथी नै शारीरिक हातपात, अभद्र व्यवहार र धम्कीदिने जस्तो अमानवीय क्रियाकलापले समग्र स्वास्थ्य सेवा प्रवाहमा नकरात्मक असर पर्ने भएको बताउँदै संघले घटनामा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न माग गरेको छ ।
संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानूनी कारबाही गर्न र स्वास्थ्य संस्थामा आवश्यक शान्ति सुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन स्थानीय सुरक्षा निकाय तथा नेपाल सरकार समक्ष माग गरेको संघका महासचिव डाक्टर बद्री रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया