काठमाडौं । महिलाको तस्बिर दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पीडित महिलाको श्रीमानले दिएको जोहरीका आधारमा तनहुँको शुक्लागण्डकी नगरपालिका ८ का २१ वर्षीय रवीन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
भण्डारीविरुद्ध जाहेरी परेसँगै नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट कात्तिक २ गते पक्राउ अनुमती लिई उनलाई तनहुँ प्रहरीको सहयोगमा पक्राउ गरिएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।
उनीमाथि ६ दिन मद थप भइ आवश्यक अनुसन्धान भइरहेको रायको भनाइ छ । भण्डारीले पीडित महिला र सम्मानित व्यक्तिको तस्बिर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री सामाजिक सञ्जालमा राखि साइबर अपराध गरेको आरोप लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया