डडेल्धुरामा जिप दुर्घटना, सात जना घाइते

लोकपथ
14
Shares

धनगढी । डडेल्धुरामा जिप दुर्घटनाहुँदा सात जना घाइते भएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–५ मेलमा से १ ज ८१२ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सात जना घाइते भएका र उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?