काठमाडौं । पुष्प व्यवसायीहरु भन्छन्, यस वर्ष फूलको माग धेरै छ । ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् ।
कार्तिक ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको फूलहरु बढी प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका हुन् । अवलोकन कर्ताहरुका अनुसार काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाएपनि यस वर्ष विगतको तुलनामा ३० प्रतिशतभन्दा धेरै फूलको मूल्य महंगो रहेको बताए ।
दक्षिणकालीबाट मेला अवलोकनका लागि गएका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भएपनि नेपालमै उत्पादन भएका फूलहरु भन्दा विदेशबाट आयात गरिएका फूलहरुको मेलामा धेरै भेटिएको बताए । उनले फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी स्थान उचित फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको बताएका छन् ।
त्यस्तै, अर्का अवलोकन कर्ता जीवन श्रेष्ठले मेलामा पूरै काठमाडौंका नर्सरीहरुको अवलोकन गर्न सकिने भएकाले राम्रो लागेको बताए। उनले मेलामा विदेशबाट आयात गरिएका महंगा फूलहरु पनि राखिएको जानकारी दिएका छन् । त्यस्तै अवलोकन कर्ता पुष्पा सिंहले विगतको तुलनामा यसवर्ष २५/३० प्रतिशत भन्दाबढी फूलहरुको बजार महंगो रहेको बताइन्। उनले गत वर्ष ५ सय रुपैयाँमा पाउने फूल यस वर्ष हजार रुपैयाँसम्म परेको बताइन् ।
त्यस्तै, व्यवसायीहरुले भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताउँछन् । ओम नर्सरीकी पुष्पा घिमिरेले पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताइन् । उनले नेपालमै फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यकता रहेको र त्यसमा सरकारले सहयोग गर्नुपर्ने बताइन् ।
त्यस्तै, अर्का व्यवसायी सुमन महर्जनले अहिले पुष्प व्यवसायमा गुणस्तरमा प्रतिष्पर्धा भन्दापनि मूल्यमा धेरै पार्नेमा प्रतिष्पर्धा भइरहेको गुनासो सुनाएका छन् । व्यवसायी सुवास लामाले मेलामा नयाँ ग्राहकका लागि चिन्ने अवसर हुने बताएका छन्। मेलाहरुले ग्राहकहरुलाई पनि एकै ठाउँमा रोजिरोजि फूल किन्न पाउने अवसर प्रदान लामाको भनाइ छ।
फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । तिहारको (पाँच दिन) मा करिब २० लाख सयपत्री, सवा चार लाख भन्दाबढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ ।
नेपालमा तिहारका लागि गत वर्ष करिब १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिब साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ । मेला आज सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया