काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ३ सिउटीमा सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रवार साँझ सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा परि एक स्थानीयबासीसहित २ जनाको मृत्यु भएको हो ।
सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीय साइकलयात्री अमर तङनामीको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी, प्रेम मल्लको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनापछि स्थानीयले प्रहरीको लापरबाहीले दुर्घटना भएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया