काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो बर्ष के खाने भन्ने चिन्ता थपिएको बताइन्। उनले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गरिन्।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले यस वर्ष गैँडाले धानमा धेरै क्षति पु¥याएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया