हाल देशको पहाडी भूभागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।
यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति पहाडी भूभागमा आंशिक बदली हुने भएपनि अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया