झापामा गोली चल्यो, एक जना घाइते

लोकपथ
196
Shares

काठमाडौं । झापामा गोली चलेको छ । झापाको गौरादह नगरपालिकामा मंगलबार साँझ एक व्यक्तिले गोली चलाएका हुन् । गोली लागेर एक जना घाइते भएका छन् ।

घटना भएको केहि समयपछि बन्दुकधारीले आफैलाई पनि गोली प्रहार गरेका छन् । दुबै घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षकएसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको एसपी पोखरेलले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?